थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि





देशभर २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ६ हजार ७७८ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७।९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ८९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।


Comments

Popular posts from this blog

अनलाइन विज्ञापन खुलाउने शिक्षक सेवा आयोगको तयारी

स्वास्थ्य बिमाको सकस