Posts

स्वास्थ्य बिमाको सकस

Image
सरकारले ६ वर्षअघि स्वास्थ्य बिमा कार्यक्रम थालेर स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक पाइला चालेको थियो । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न यस खाले कार्यक्रम आवश्यक थियो छ । बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यस्तो कार्यक्रमले ठूलो टेवा पुर्‍याउन सक्छ । यसबीचमा सरकारले सबैजसो जिल्लामा यो कार्यक्रम सञ्चालन गरिसकेको पनि छ । देशभर करिब ४० लाख जना बिमित छन् । सरकारी तथा गैरसरकारी गरी करिब सवा ४ सय स्वास्थ्य संस्था यस कार्यक्रममा सहभागी छन् । दैनिक १५ हजारजति बिमितले यो सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांक छ, तथापि कार्यक्रम सोचेअनुरूप प्रभावकारी रूपमा सञ्चालन भएको पाइँदैन ! सेवाभन्दा बढी सास्ती पाएको कतिपय बिमितको गुनासो छ । निश्चय पनि यो कार्यक्रमबाट नियमित औषधि सेवन गर्नुपर्ने कतिपय बिरामीले ठूलो राहत पाएका छन् । यसअघि खर्च अभावमा उसै बेथा बोकेर बस्नेहरू अहिले उपचारका निम्ति अस्पताल पुग्न थालेका छन् । स्वास्थ्य जाँच र उपचार निःशुल्क हुने भएपछि अस्पतालहरूमा बिरामीको चाप बढेको छ । तर सरकारले उ...

थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

Image
देशभर २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ६ हजार ७७८ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७।९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ८९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अनलाइन विज्ञापन खुलाउने शिक्षक सेवा आयोगको तयारी

Image
शिक्षक सेवा आयोगले खुलातर्फको अनलाइन आवेदन खोल्ने तयारी गरेको छ । आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन मंसिर भित्र अनलाइन आवेदन दिन मिल्ने गरी खोल्ने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले अनलाइन आवेदनको लागि तयार गरिएको सफ्टवेयर परीक्षण भइरहेको  जानकारी दिए । अध्यक्ष रेग्मीले भने ‘हामी अनलाइन आवेदनको लागि तयारी गरेको सफ्टवेयरको परीक्षण गरिरहेका छौं । कार्यतालिकाभित्रै रहेर विज्ञापन खोल्छौं ।’ आधुनिक प्रविधिको प्रयोगसँगै सबैका लागि सहज बनाउने उद्देश्यले अनलाइन विज्ञापन खोल्ने तयारी गरेको अध्यक्ष रेग्मीको भनाइ छ । आयोगको कार्यतालिका अनुसार खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगले बताएको छ । प्राथमिक तहका शिक्षकको सिफारिस भने कात्तिकमा हुनेछ । यस अनुसार आगामी शैक्षिक वर्षको मध्यमा नयाँ शिक्षकहरु कक्षाकोठामा पुग्नेछन् । सात ...